दफा ३१
इजाजत पत्रको अवधि र नवीकरण
(१) विमा अभिकर्ता, सर्भेयर वा दलालले आफ«नो इजाजत पत्र नवीकरणको लागि प्रत्येक वर्ष चैत्र मसान्तसम्ममा तोकिएको दस्तूर सहित तोकिएको ढांचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले विमा अभिकर्ता, सर्भेयर वा दलालको इजाजत पत्रको नवीकरण गरिदिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्याद भित्र कुनै विमा अभिकर्ता सर्भेयर वा दलालले आफनो इजाजत पत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई निवेदन दिएमा र सो कारण मनासिब देखेमा समितिले तोकिए बमोजिम थप दस्तूर लिई बढीमा छ महिनाको म्याद थप गरिदिन सक्नेछ ।